बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

देशमा धेरै शहीद जन्मिने खतरा बढ्योः केशर बिष्ट

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुण्डाहरुको शासन भएको आरोप लगाएका छन् । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालद्वारा काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

विगतमा राजाले नै बनाएका सांसदहरुले राजालाई झुक्याएर रातारात राजा र हिन्दु राष्ट्र खारेज गरी संघीयता लादेको जिकिर गरे । उनले देशमा भइरहेका विभिन्न आन्दोलन र प्रदर्शनहरुमा सरकारको ध्यान नपुगेको बताए । उनले जनताको प्रशासन नभइ पार्टीहरुको प्रशासनले काम गरिरहेको बताए । उनले देश अराजकतातर्फ गइरहेको भन्दै धेरै शहीद जन्मिने खतरा बढेको बताए ।

उनले भने, ‘यो सरकार भएको भए सुन्थ्यो, यो त गुण्डाहरुको हुल पर्‍यो । यो पुलिस भएको भए सुन्थ्यो यो त पार्टीको कार्याकर्ता पर्‍यो । यो सिडियो भएको भए सुन्थ्यो, यो त दलको कार्यकर्ता पर्‍यो । हामीलाई देशको प्रशासन चाहियो । आज देशमा प्रशासन छैन, दलको प्रशासन छ । पार्टीका प्रशासन छ । जबसम्म देशको प्रशासन हुँदैन, आज हामीले दुईजना शहीदलाई माला लगायौँ, म दुःखका साथ भन्छु अब यस्ता धेरै शहीदहरु जन्मिने डर भयो ।

हामी त्यसका निमित्त पनि तयार हुनुपर्छ । राष्ट्रिय शक्ति नेपालको तर्फबाट म पुलिस प्रशासनलाई यतिमात्रै निवेदन गर्न चाहन्छु हामी ७५ वटै जिल्लामा छौँ । हामी देशभरीका नगरमा छौँ ख्याल गर्नुस् । प्रचण्ड त मात्तिएर कस्तो हान्ने राँगो भएछ भने यो राजालाई राजै होइन भन्दियो अस्ति । राजै होइन भन्यो तेरिमा बेइमान । यही राजाले बकस दिएर खुट्टामा ढोगाएर ज्यान मारेवापत ८३ जना बकसे सांसद बनाइ दिएर राजाले बनाएको बकसे सांसदले संसदमा बसेर आधा रातमा झुक्याएर अब राजा छैन । देश धर्म निरपक्षे भयो संघीयता लागू भयो भनेर मासुभात खाएको बेइमानले अब राजै छैन भन्न थाल्यो । राजा नभएको भए आज प्रचण्ड हुँदैन थियो ख्याल गर्नुस् । राजाको लागि यो बाटो बिराएको नेपाली जनता हो यस्को पनि रक्षा हुनु पर्छ भन्ने राजा भएको देश हो यो । यिनले जस्तो जहाँ पायो त्यही मान्छे मारेर हिड्ने राजा होइन ।’

अध्यक्ष बिष्टले मनमोहन अधिकारी, मदन भण्डारीलगायत एमालेकै नेताहरुले नेपालको सन्दर्भमा राजा अवश्यक भएको भनेकाले पनि नेपालमा राजाको स्थान आवश्यक भएको जिकिर गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x