बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मुलुक समाजवादउन्मुख समाजवाद बनाउने बाटोमा छः पूर्वराष्ट्रपति यादव

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले मुलुकमा विभिन्न राजनीतिक परिवर्तनपछि मुलुकमा ठूलो परिवर्तन भएको बताएका छन् । विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा विपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले मुलुक गणतन्त्र, लोकतन्त्र सङ्घीयता, समावेशी र समानुपातिक संविधानमा रहेको कुरा नै मुख्य सकारात्मक रहेको बताए । उनले वीपी कोइरालाले चिन्तन गरेको समाजवादमा उन्मुख संविधान रहेको बताए । समाजवादउन्मुख समाजवाद बनाउने बाटोमा रहेको बताउँदै उनले बाटो नबिराएको धारणा राखे । उनले राजनीतिको आफ्नै कोर्स हुने बताउँदै सोही कोर्सअनुसार मुलुकमा ठूलो परिवर्तन भएको दाबी गरे ।

उनले भने, “हामीले सबैभन्दा पोजेटिभ गणतन्त्र, लोकतन्त्र सङ्घीयता, समावेशी, समानुपातिक संविधानमा छौँ । यो संविधान समाजवाद उन्मुख वीपी कोइरालाले जुन समाजवादको चिन्तन गर्नुभएको छ, आखिर समाजवाद उन्मुख समाजवाद बनाउने बाटोमा हामी छौँ । हामीले बाटो बिराएका छैनौँ । धेरै ठूलो परिवर्तन भएको छ । राजनीतिको आफ्नो कोर्स हुन्छ । त्यो कोर्सबाट देशको परिस्थितिअनुसार बारम्बार हाम्रो कम्प्रमाइज भएको छ, ठूलो परिवर्तन भएको छ ।”

उनले देश बर्बाद भयो भन्ने भाष्य बनाइएको भन्दै त्यो गलत रहेको बताए । उनले आज प्रत्येक नेपाली मालिक भएको बताउँदै सार्वभौमसत्ता सम्पन्न नेपाली संसारमा शिर उठाएको जिकिर गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x