संघीय संसदअन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको संयुक्त बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे बस्नेछ । बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम प्रश्तुत गर्नेछन् ।
संयुक्त बैठक बस्नुभन्दा १५ मिनेट अगाडि नै सांसदहरुलाई औपचारिक पोशाकमा संसदमा उपस्थित हुन सभामख देवराज घिमिरेले निर्देशन दिएका छन् । त्यस्तै साँझ ५ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री के. पी. शर्मा ओलीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेवुल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, सभामुखले सम्माननीय राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवत २०८२ वैशाख १९ गते शुक्रवारका दिन गरेको सम्बोधनको लागि प्रतिनिधि सभाको बैठकले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूचि रहेको छ ।
त्यस्तै सवा ५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवत २०८२ साल वैशाख १९ गते राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनका लागि धन्यवादको प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE