बनेपा मेयर कप भ्याली आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु

विनोद थापा, बनेपा । काभ्रेपलान्चोक आईटीएफ तेक्वान्दो प्रतिस्ठानको आयोजना तथा बनेपा नगरपालिकाको मुख्य प्रायोजनमा बनेपा मेयर कप भ्याली आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगितामा काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर र रामेछापका गरि २५० खेलाडीहरुको सहभागिता रहेको छ । सबै खेलहरु काभ्रे तेक्वान्दो आईटीएफ प्रतिस्ठानको हलमा हुनेछ ।
१५ देखि ७० केजी मुनिका तौल समूहमा विजयी हुने खेलाडीले ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको उद्घाटनमा प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्य, उपमेयर बिमला सापकोटा दाहाल काभ्रे आईटीएफ अध्यक्ष किशोर बरुुण श्रेष्ठ आईटीएफ महासंघका उपाध्यक्ष राज मन्दिर श्रेष्ठ लगायतले गरेका थिए ।
आईटीएफका प्रमुख प्रशिक्षक उमेश राजथला लगायत विशेष अतिथिहरुको सहभागिता रहेको थियो । उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले भने, यो खेलले समग्रमा खेलाडीको मात्रै नभइ राज्यको पनि पहिचान राख्ने भएकाले यस खेलमा लाग्न सबै खेलाडी हौसला प्रदान गरे । साथै बनेपामा अझै यस खेललाई लगानी गरि धेरै खेलाडी उत्पादन गर्न आफूले सक्दो सहयोग गर्ने बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE