आजको मौसम, यी ठाउँमा छ पानी पर्ने सम्भावना

काठमाडौं । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि देशका धेरै ठाउँको मौसम बदली छ । आज दिउँसो काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
महाशाखाका अनुसार हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । यस्तै मधेश प्रदेशको तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वर्षा, हावाहुरी र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा यी सम्भावित असरबाट जोगिन आवश्यक तयारी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार भोलिदेखि मौसममा सुधार आउने सम्भावना रहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE