भारत र पाकिस्तानको तनाव रोक्न अमेरिकी राष्ट्रपति ट्रम्प तयार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको तनाव रोक्नका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन् । बुधबार ओभल अफिसमा ट्रम्पले सो कुरा बताएका हुन् ।
यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि दक्षिण एसियामा आएको यो संकटपूर्ण अवस्थाको समाधान गर्नका लागि दुवै पक्षसँग वार्ता भइरहेको जनाएका छन ्। पाकिस्तानकी चर्चित महिला शिक्षा अभियन्ता माला युु्फजाईले पनि युद्ध दुवै देशका लागि हानिकारक भएकाले शान्तिको प्रयास गर्नु जरुरी भएको प्रतिक्रिया दिएकी छिन् ।
एक दिन अघि भारतले पाकिस्तानमा प्रहार गरेको हवाई आक्रमणमा ३१ जनाको ज्यान गएको छ । पाकिस्तानको पक्षबाट भएको गोला बारुद बाट पनि काश्मीरमा १५ जनाको ज्यान गइसकेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE