बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बिरालोमा देखियो बर्ड फ्लू, मानव महामारीमा परिणत हुने अध्ययनको निश्कर्ष

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

काठमाडौं । बर्ड फ्लू तीव्र गतिमा मानव महामारीमा परिणत हुने सम्भावना रहेको नयाँ अध्ययनले चेतावनी दिएको छ । अध्ययनले बिरालाहरूमा बर्ड फ्लूको संक्रमणको अवस्था विश्लेषण गर्दै त्यो मानिसहरूमा सर्ने जोखिम रहेकाले तत्काल निगरानी आवश्यक रहेकोमा जोड दिएको छ ।

यस सम्बन्धी अध्ययन अमेरिकाको युनिभर्सिटी अफ मेरील्यान्ड स्कूल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेका हुन् । अध्ययनको निष्कर्ष सन् २०२५ को मे ७ मा इन्फेक्सियस डिजिज नामक पत्रिकामा प्रकाशित छ । सन् २००४ देखि २०२४ सम्मको तथ्याङ्क समेटेर गरिएको अध्ययनको अन्तर्राष्ट्रिय समीक्षामा १८ देशका १२ प्रकारका बिरालाहरू ६०७ वटा संक्रमण भेटिएका छन्, जसमा ३०२ बिरालाको मृत्यु भएको अध्ययनकर्ताको निष्कर्ष छ ।

अध्ययन रिपोर्टमा लेखिए अनुसार संक्रमित बिरालाहरू प्रायः इन्सेफेलाइटिस वा अन्य गम्भीर लक्षणबाट पीडित हुन्छन्, जसलाई धेरैजसो रेबीज भनेर गलत निदान गरिन्छ । अनुसन्धानकर्ताहरूले पशु आश्रयहरूमा बर्ड फ्लू प्रवेश गर्ने जोखिमबारे चिन्ता व्यक्त गरेका छन् । जसका कारण मानिसहरू समेत संलग्न हुने ठूलो स्तरको प्रकोप देखा पर्नसक्ने चेतावनी दिइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x