बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालन (तस्बिरहरु)

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१ मौलाकालीमा इला होटल तथा रिसोर्ट सञ्चालनमा आएको छ । सोमवार औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आएको हो ।

होटलको संस्कृति, पर्यटन तथा नागसिरक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले शुभारम्भ गरे । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा कोठा, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध छन् ।

केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x