बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

ज्येष्ठ ३ गते नक्साल–नगरकोट ‘अल्ट्राभोइलेट राइड’ कसरी हुने सहभागी ?

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । यही ज्येष्ठ ३ गते शनिबारका दिन काठमाडौंदेख नगरकोटसम्म ‘अल्ट्राभोइलेट राइड’ आयोजना हुने भएको छ । केडिया अर्गनाइजेशनले नेपालमा भित्र्याएको अल्ट्राभोइलेट बाइकको प्रचारात्मक अभियानको सुरुवात स्वरुप उक्त कार्यक्रम आयोजना गरिएको हो ।

अर्गनाइजेशनका बिजनेश हेड नवराज कोइरालाले दिएको जानकारी अनुसार शनिबारको दिन पारेर गर्न लागिएको राइड काठमाडौंको नक्सालस्थित स्वरुम रहेको स्थानबाट सुरु भइ माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर र भक्तपुर हुँदै नगरकोटसम्म पुगेर समापन हुनेछ ।

उक्त मोटरसाइकलको शोरुमका प्रमुख रहेका सुजन श्रेष्ठले राइड बिहान ९ बजे शुरु हुने जानकारी दिए । उनका अनुसार बिहान ८ बजेदेखि राइडरहरु शोरुममा जम्मा हुनेछन् । २० जना राइडिङका लागि २० वटा र अन्य कर्मचारीसमेतका लागि ५ वटा गरी २५ वटा मोटरसाइकल एकसाथ गुडाएर जाने उनको भनाइ रहेको छ ।

बिजनेश हेड कोइरालाले उक्त राइडमा अल्ट्राभोइलेटसँगै २०० सीसी माथिका अन्य कम्पनीका बाइक राइडरहरु सहभागी हुने बताए । उनका अनुसार अफरोड र अनरोड दुवैको अनुभव दिलाउनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।

यसका साथै उनले राइडरका लागि आवश्यक पर्ने बाइक र पेट्रोलको खर्च सहभागी आफैंले ब्यहोर्नु पर्नेछ भने अन्य व्यवस्था भने कम्पनीले नै गर्नेछ ।

अल्ट्राभोइलेट बाइक नै किन ?


कम्पनीले गरेको दाबी अनुसार यस बाइकले ग्रीन सिटी, क्लिन सिटी अर्थात हरित र सफा शहर निर्माणमा सहयोग पु¥याउनेछ । यो बाइक एक पटक फूल चार्ज गरेपछि ३२३ किलोमिटरसम्मको माइलेज क्षमताको रहेको छ । जसले गर्दा यस बाइकका प्रयोगकर्ताहरुले इन्धनमा लाग्न सक्ने लाखौंको बचत हुनेछ ।

यस बाइकका प्रयोगकर्ताले इभी बाइकको राइडिङ अनुभव गर्ने अवसर पाउने पनि कम्पनीले जनाएको छ । ‘नेपालको बिजुली नेपालमै प्रयोग गरौं, बिदेशबाट इन्धन किन्ने पैसाको बचत गरौं, देशको आर्थिक अवस्थामा सुधार ल्यााऔं भन्ने उद्धेश्यले इभी बाइकलाई नेपाली बजारमा ल्याएको भनाइ कम्पनीको रहेको छ । कम्पनीले हाल यस बाइकको मूल्यका बारेमा भने केही प्रस्ट्याएको छैन ।

कम्पनीले ज्येष्ठ ३ गतेको राइड कार्यक्रममा सहभागिताका लागि तलको लिंकमा गएर फारम भर्न वा मोबाइल नम्बर ९८०२३५६३१० मा सम्पर्क गर्न सुझाएको छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस्

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x