निर्वाचन क्षेत्र केन्द्रित विकास बजेट सांसदको व्यक्तिगत खर्चका लागि होइनः सांसदहरु
काठमाडौं । सांसदहरुले निर्वाचन क्षेत्र केन्द्रित विकास बजेट उपलब्ध गराउने विषयलाई गलत मान्न नहुने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा संघीय निर्वाचन क्षेत्र विशेष विकास बजेट दिने समाचार आइरहेको समयमा सांसदहरुले गलत अर्थमा नबुझ्न आग्रह गरेका हुन् ।
प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा स्थानीयको माग र आवश्यकतामा छनौट भएका विकास योजनामा सांसदले सिफारिस गरेर विकास निर्माणको काम गराइनुलाई सांसदलाई नै पैसा दिएको भन्ने नबुझ्न आग्रहसमेत गरेका थिए ।
सांसदहरु जनप्रतिनिधि भएको र स्थानीय आवश्यकता बुझेको व्यक्ति भएको र त्यसले समानुपातिक विकास र न्यायोचित हुने अधिकांश सांसदको भनाइ छ । सरकारमा सहभागी भएका व्यक्तिले आफूखुशी योजना बजेट छान्न र विकासमा न्याय स्थापित गर्नपनि निर्वाचन क्षेत्र केन्द्रित बजेट विनियोजन गर्नु आवश्यक रहेको सांसदहरुको भनाइ छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE