क्यामरा पूजासँगै रियालिटी शो ‘ट्यालेन्ट अफ नेपाल’को औपचारिक शुरुवात
काठमाडौं । नेपालमै पहिलो पटक गर्न लागिएको टेलिभिजन रियालिटी शो ‘ट्यालेन्ट अफ नेपाल’को औपचारिक रुपमा शुरुवात गरिएको छ । बागमती टेलिभिजन एचडीमा एक्सक्लुसिभ प्रसारण गरिने उक्त रियालिटी शोको रमणीय स्थल नगरकोटस्थित हिलसाइड रिसोर्टमा क्यामरा पूजा र नरिवल फुटाएर औपचारिक शुरुवात भएको जानकारी दिइएको हो ।

उक्त कार्यलाई यस रियालिटी शोको निर्माण तथा आयोजक समूहले शुभकार्यको शुरुवात भनेको छ । शुरुवात कार्यक्रममा शोका निर्देशक समन अधिकारी, कार्यक्रमको परिकल्पना तथा निर्माण संस्था एच.एस. साइना क्रियशनका प्रबन्ध निर्देशक हरि शर्मा, शो संस्थाका अध्यक्ष शेष नारायण श्रेष्ठ, सुइयुश्ना मिडिया बजकी निर्देशक आयुषा पोखरेल तथा बागमती टेलिभिजन एचडीका क्यामरा संयोजकसमेत रहेका यस रियालिटी शोका छायाँकन निर्देशक हेमन्त कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका निर्देशक अधिकारीले यस्तो कार्यक्रम नेपालमै पहिलो पटक गर्न लागिएको जानकारी दिए । उनका अनुसार नेपालमा सबै प्रकारका प्रतिभा एकै मञ्चमा देखाउने रियालिटी शो अहिलेसम्म गरिएको थिएन । यो एउटा मौलिक शोका रुपमा आउन लागेको कार्यक्रम हो ।

कार्यक्रमका परिकल्पनाकार हरि शर्माले धेरै लामो अध्ययनपछि नेपालमा पनि आवश्यकता महसुस गरी यस्तो कार्यक्रम गर्न लागेको जानकारी दिए । यस कार्यक्रमको लागि हाल डिजिटल अडिसन खुला गरिएको बताउँदै शर्माले आफूमा भएका फरक क्षमताको आफैंले पहिचान गरेर कार्यक्रममा भाग लिन सकिने उनको भनाइ रहेको छ । चाँडै नै प्रसारण मिति घोषणा गरिने र यो कार्यक्रम शुक्रबार र शनिबार बेलुका ९ बजेदेखि १० बजेसम्म हप्ताको दुई दिन प्रसारण गरिने उनले बताए ।

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE