संसदमा सांसदहरुको अभाव, संख्या नै नपुगेपछि बैठक रोकियो

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको मंगलवारको बैठक स्थगित भएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेपटि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथी विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गरे ।
सांसदहरुले उक्त प्रश्तावमाथि छलफल गरेर मन्त्री अधिकारीले जवाफ दिएसँगै सभामुख घिमिरेले प्रश्तावलाई पारित गर्न प्रक्रिया शुरु गरे । लगत्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्या यकिन गर्न माग गरे ।
उक्त समयमा प्रतिपक्ष दलका तीन जना मात्रै सांसदहरु संसदमा उपस्थित थिए । नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रश्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाइ गणपूरक संख्या यकिन गर्दा प्रश्ताव निर्णयार्थ पेश गर्न ६९ संख्या हुनुपर्नेमा ६५ मात्रै पुगेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE