मानव हत्याको गम्भीर आरोप लागेका आलमलाई उच्च अदालतको सफाइ

काठमाडौं । मानिसहरुलाई इटा भट्टामा हालेर जिउँदै जलाएको अभियोगमा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएर कारागारमा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताव आलमले उच्च अदालतबाट सफाइ पाएका छन् । पूर्व मन्त्रीसमेत रहेका आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको हो ।
उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको हो ।
२०८१ वैशाख १३ गते न्यायाधीश रौतहट अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।
पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँचजनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए । सो मुद्दामा आलम ०७६ असोजमा पक्राउ परेका थिए ।
त्यसबेला आलमका भाइ मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको थियो । सहनी इँटाभट्टाका मुनसी थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE