बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज तीनवटा संसदीय समिति र एक संयुक्त समितिबो बैठक बस्दै

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । आज तीनवटा संसदीय समिति र एउटा संयुक्त समितिको बैठक बस्दै छ । पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनामा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।

संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने कार्यतालिका छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x