बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एमालेको भन्दा राजावादीको प्रदर्शनमा धेरै मान्छे आउनु दुखद होः सांसद कोइराला

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति फेरि लड्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गलत काम गर्न नहुने र सही काम गर्न नसके चुप लागेर घरमै बस्न सुझाव दिए । उन दिनानुदिन भ्रष्टाचारले अफ्ठ्यारो पारिरहेको भन्दै सुशासन दिन सक्नुपर्ने बताए । पदाधिकारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको कब्जामा राख्नुपर्छ भन्ने अभिव्यक्ति दिएको बारेमा छलफल हुने सोचे पनि आफ्नो बारेमा छलफल भएको भन्दै आपत्ति जनाए ।

उनले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय ममानव अधिकार आयोगले सचेत गराएपछि प्रधानमन्त्री आयोगको वार्षिकोत्सव कार्यक्रममै बहाना बनाएर नगएको आरोप लगाए । उनले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छौं भन्दै प्रश्न गरे ।

सांसद कोईरालाले भने, ‘अब एक पटक फेरि प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति हामी फेरि लड्नुपर्ने आवश्यकता देखेको छु । हामीले गलत काम नगरौँ । सही काम गर्न सक्दैनौँ भने चुप लागेर घरमा बसौँ । तर गलत काम नगरौँ । दिनानुदिन भ्रष्टाचारले अफ्ठ्यारो हामीलाई नपारोस् । दण्डहिनताले अफ्ठ्यारो नपारोस् । सुशासन दिनसकौँ । हामी हाम्रो आचारण बदल्नुपर्छ । केही दिन पहिला पदाधिकारी, पूर्वपदाधिकारीहरुको बैठक बस्यो । त्यो भन्दा एक दिन पहिला देशको प्रधानमन्त्रीले एमालेले १५ गते काठमाडौं क्याप्चर गर्नुपर्छ भन्नुभयो । मैले त सुन्ने बित्तिकै विरोध गरेँ । के भन्न खोजेको देशको प्रधानमन्त्रीले रु मैले विरोध गरेको त खैर केही माने राख्दैन । राष्ट्रिय ममानव अधिकार आयोग जसलाई संवैधानिक अधिकार दिएको छ । उहाँहरुले पनि वक्तव्य जारी गरिकन प्रधानमन्त्रीले यसरी बोल्नु हुँदैन भन्नुभयो । भोलि पल्ट १४ गतेको दिन प्रधानमन्त्रीजी त्यहाँ जानुपर्ने थियो । उहाँले वार्षिकोत्सवमा बहाना बनाएर जानु भएन । प्रधानमन्त्रीजीलाई फुर्सद भएन भनियो । राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छाँै । मलाई त लागेको थियो, पदाधिकारीको बैठक यि विषयमा छलफल हुन्छ भनेको त मेरो विषयमा छलफल भएछ । हाँसो लाग्यो । ठिकै छ सहनुपर्छ । राजनीतिमा सहशीलता हुनुपर्छ । हामी किन सरकारले गलत गरेका कामलाई गलत भन्न सकिरहेका छैनौँ ।’

सांसद कोईरालाले एमालेको जुलुस भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस ठूलो हुनु युवाहरुमा आएको नैराश्यताको परिणाम भएको बताए । उनले अहिलेका नेताहरुको आचरण लोकतान्त्रिक गणतन्त्रको नभएको बताए । उनले राजनीतिमा नैतिकताको धरातल कमजोर भए राजनीतिको जड हल्लिने बताए । त्यस्तो व्यक्तिले राजनीति गर्न नहुने बताए । राजनीति गर्दा नैतिकवान भएर गर्न सुझाव दिए ।

सांसद कोईरालाले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस र एमालेको जुलुस के थियो भन्नेकुरा छुनुभयो । किन कमजोर भयो ? किनभने हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्रको आचरण नै भइरहेको छैन । युवाहरुमा नैराश्यता रहेको छ । उनीहरुले बाटो खोजिरहेका छन् । उनीहरुले राजाको शासन काल कस्तो थियो, उनीहरुले त यही ४ जनाको म्युजिकल चियर देखेका छन् । अनि उनीहरु कहाँ जाने । हामीले असल काम गरेर युवाहरुको मन जित्न सक्नुपर्छ ।’

सांसद कोईरालाले काँग्रेस सरकारमा रहेको तर सत्तामा नरहेको बताए । सरकारले गरेका असल कामलाई असल र खराबलाई खराब भन्नुपर्ने बताए । उनले बजेट कर्णप्रिय रहेको र कार्यान्वयन पक्षलाई सुधार गर्न जरुरी रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x