बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राष्ट्रिय हितको पक्षमा उभिँदा एमालेमाथि आक्रमणः वरिष्ठ उपाध्यक्ष पोखरेल

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको लिएको सही राजनीतिरुपी शरीरमा विज्ञताको मांशपेशी भर्नसकेमात्रै सुन्दर नेपाल बनाउन सकिने बताएका छन् । शनिवार काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एमालेले लिएको उद्देश्यअनुसार अघि बढ्नसके मात्रै देश समृद्ध र सुन्दर बन्ने जिकिर गरे । उनले बुद्धिजीविहरुले आफ्नो ज्ञान बाँडेर मुलुकलाई समृद्ध बनाउनसक्ने बताए । एमालेले विगतमा कमजोरी गरेर अहिले आक्रमण भइरहेको भन्ने नसोच्न आग्रह गर्दै एमालेले लिएका सही अडान र हितमाथि आक्रमण भइरहेको बताए ।

राष्ट्रिय हित, स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएका कारण एमालेमाथि आक्रमण भएको बताए । नेपालका कुनै पार्टीहरु एमालेको जस्तो उचाईमा पुग्न नसक्ने दाबी गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘यतिबेला हामीले सही पोलिटिक्स, नेकपा एमालेको सही पोलिटिक्सको स्केलेटनमा विज्ञताको मांशपेसी भर्नसके मात्रै समृद्धिको सुन्दर तस्बिर बनाउन सकिन्छ । देशलाई समृद्ध बनाउनको लागि यो चिजको आवश्यकता छ । तपाईंहरुले आफ्नो बौद्धिकता प्रयोग गरेर यस हिसावको भुमिका खेल्नुपर्छ । एमालेमाथि अहिले हमला भइरहेको छ । एमालेले पनि कहीँ न कहीँ कमजोरी, गल्ती गरेर यस्तो भयो भन्नुहुन्छ । एमालेमाथि हमलाको कारण ४ वटा छन् । एमाले राष्ट्रिय हित, स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएको छ । नेपालका कुनै पार्टीहरु एमालेको यो उचाईमा पुग्न सक्दैनन्, यो हाम्रो दाबी हो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको परिवर्तन रुस र चीनको जस्तो नभएको र नेपालको परिवर्तन नेपाली विशेषताको परिवर्तन भएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x