शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

आजको मौसम, यी ठाउँमा छ पानी पर्ने सम्भावना

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । देशभर धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेशमा मनसुनी वायु तथा अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर बाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

नेपाल आइपुग्ने सरदर मितिभन्दा १५ दिनअघि नै गएको बिहीवार कोशी प्रदेशमा आइपुगेको मनसुन अब केही दिन अघि नबढ्ने देखिएको छ । अबको तीन दिनसम्म मनसुन अघि बढ्ने सम्भावना कम देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएकामे छ । महाशाखाका अनुसार प्रभाव पनि घटेर मनसुन कोशी प्रदेशमै स्थिर रहने देखिन्छ ।

मनसुन भित्रिएकै दिन कोशी प्रदेशमा ठूलो पानी पर्दा सडक, जलविद्युतलगायतका संरचनामा क्षति पुगेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x