बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

गभर्नरसँग एमाले सांसद थापाको प्रश्तावः पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखौं

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रश्ताव गरेका छन् । सोमवार अर्थ समितिमा वाफियाबारेको छलफलमा भाग लिँदै उहाँनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन् ।

उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताए । उनले पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने बताए ।

गभर्नर विश्वनाथ पौडेल समेत उपस्थित बैठकमा उनले भने– ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’

उनले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताए । उनकाअनुसार यसले नोटको महत्व बढाउनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x