सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल प्रभावित हुने संकेत

काठमाडौं । सङ्घीय संसद् अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरुले माग कायमै राखेपछि संघीय संसद्को आज बस्ने बैठक पनि प्रभावित हुने देखिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्नुहुने कार्यसूची छ । संसद्को सम्भावित कार्यसूची सार्वजनिक भए पनि प्रतिनिधिसभामा विपक्षी दलहरुले अवरुद्ध गर्ने तयारी गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म संसद् चल्न नदिने अडान उनीहरुको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुलाई पेलेरै संसद् अघि बढाउने तयारीमा छन् । विपक्षीले संसद्मा अवरोध गरे बजेटमाथिको छलफल प्रभावित हुने र अन्य कानुन बनाउने काम पनि नहुने भन्दै विपक्षी दललाई पेलेर नै संसद् चलाउने प्रधानमन्त्री ओलीको रणनीति छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE