बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

चल्न थाले सार्वजनिक यातायात

काठमाडौं । यातायात व्यवसायीको आन्दोलन फिर्ता भएसँगै देशभरका सार्वजनिक यातायात पुनः सञ्चालनमा आएका छन् । जेठ १९ गतेदेखि राइड शेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले देशभर सार्वजनिक यातायात ठप्प पारेका थिए । तर सरकारसँगको सहमतिपछि आन्दोलन फिर्ता लिँदै यातायात सेवा सुचारु भएको हो ।

मंगलवार यातायात व्यवसायी महासंघ र सरकारबीच भएको सहमतिलाई गण्डकी प्रदेशले समर्थन गरेपछि सार्वजनिक यातायात चल्न थालेका हुन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरिसकेको छ ।

यससँगै काठमाडौं उपत्यका र बाहिरका छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा आएका छन् । नयाँ बसपार्कलगायतका स्थानमा यात्रुको चहलपहल बढेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x