बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज संघीय संसदका दुवै बैठक बस्दै, यस्तो छ कार्यसूची

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्ने कार्यसूची रहेको छ । तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेका लाडि डाकिएको हो ।

मंगलबारदेखि बस्न प्रयास गरे पनि गृहमन्त्री रमेश लेखकको राजीनामालाई लिएर प्रतिपक्षी दलहरु र सत्तापक्षबीचमा कुरा मिल्न नसक्दा बस्न नसकेको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x