बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सत्ताको चाबी काँग्रेसले बोक्नुपर्छः शेखर कोईराला

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन् । भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली काँग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरे । उनले कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे । नेपाली काँग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरुसँग रहेको भन्दै सत्ताको चाबी काँग्रेसले खोल्नुपर्ने बताए । काँग्रेसको भविष्यको प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरु नागरिक समक्ष लैजानुपर्ने बताए ।

सांसद कोईरालाले भने, ‘अत्यन्तै अफ्ठ्यारो परिस्थितिमा देश गइरहेको छ । नेपाली काँग्रेस एउटा मध्यममार्गी पार्टी हो । हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन । उग्रवामपन्थीको त कुरै भएन । कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ । त्यो बुझौँ । त्यो अराजकता रोक्न नेपाली काँग्रेसले मात्रै सक्छ । सरकार र सत्ता फरक कुराहरु हुन् । हामी सरकारमा छौँ । नेपाली काँग्रेस सरकारमा छ । तर सत्ताको चाबी हामीसित छैन । यसको अर्थ तपाईंहरु आफैँ लगाउनुस् । सत्ताको चाबी वामपन्थीसँग छ । त्यसलाई कसरी हामीले खोल्ने रु चाबी खोल्नुप¥यो नि त । साथीहरुले भन्नुहुन्छ, किन तिमी यसरी बोल्छौँ । भोलिको प्रतिष्पर्धी एमाले हो । उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्नसकौँ । नेपाली काँग्रेसका कार्यकर्ताहरुले गलतलाई गलत भन्न सकेनन् भने ति कार्यकर्ता नेपाली काँग्रेसका कार्यकर्ता होइनन् ।’

सांसद कोईरालाले कतार, दुबईहरु बनाउने नेपालीहरुले नेपाल बनाउन नसक्ने भन्ने नहुने बताए । नेपाललाई नेपाल बनाउनुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x