बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दाङमा बस दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । दाङमा बस दुर्घटना भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका– १३ बखरियामा ना १ ख ४००९ नम्बरको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार उक्त यात्रुवाहक बस आज बिहान करिब ११ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर २५ जनाभन्दा बढी घाइते भएका छन् ।

दंगीशरणको गोलटाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको बस बखरिया ओरालोमा सडकबाट झण्डै पाँच मिटर तल खसेर दुर्घटना भएको थियो । घाइतेको उद्धारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरको कमाण्डमा प्रहरी परिचालन भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x