आज भारी मात्रामा घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । गत साता लगातार बढेको सुनको मूल्य कारोबार साताको पहिलो दिन आइतबार भने भारी मात्रामा घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला तीन हजार रुपैयाँले गिरावट आएको छन । गतसाताका ६ दिन लगातार बढ्दै आएको सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा स्थिर थियो । आज तोलामा ३ हजार रुपैयाँ घटेर सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँमा झरेको छ ।
गत साताको शुक्रबारदेखि गएको शुक्रबारसम्म सुनको मूल्य ५ हजार ९०० रुपैयाँ बढेको थियो । गएको वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
आज चाँदीको भाउ पनि थोरै घटेको छ । आज चाँदी प्रतितोला २ हजार १४५ रुपैयाँ कायम भएको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE