बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

काँग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा

  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । आईतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जोन्छेको जीवनीबाट प्रेरणा लिएर काँग्रेसलाई बलियो बनाउनुपर्ने बताए । उनले शहीद जोन्छेको बारेमा अझै धेरै पुस्तकहरु लेखेर जनमानसमा पुर्‍याउनुपर्ने बताए । उनको प्रेरणाबाट युवाहरुले धेरै कुराहरु सिक्न सक्ने जिकिर गरे । आफूले मन्त्री बनाउन चाहेको भएपनि बनाउन नसकेकोप्रति दुःख व्यक्त गरे ।

सभापति देउवाले भने, ‘उहाँका सम्बन्धमा हामीले अझै केही किताव लेख्नुछ । देशभर नै उहाँको प्रचार गर्नुछ । भोलिका युवाले उहाँको प्रेरणाबाट धेरै कुरा सिक्न सक्छन् । उहाँका धेरै कामहरुको चचर्चा गर्न जरुरी छ । म त अझ मन्त्री बनाउन चाहन्थेँ उहाँलाई । उहाँले राम्रो काम गर्नुभएको छ । उहाँकाप्रति सम्मान मात्रै गर्ने होइन, उहाँको उदारताबाट प्रेरणा लिएर हाम्रो पार्टीलाई बलियो बनाउनु पर्छ ।’

सभापति देउवाले शहीद जोन्छेको जीवनीबाट प्रेरणा लिन जरुरी रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x