बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः प्रमुख सचेतक बर्तौला

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदको गतिरोध अन्त्य गर्नको लागि सत्तापक्ष र प्रतिपक्षबीच सकारात्मक संवादहरु भएको बताएका छन् । आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।

उनले प्रतिपक्षीले अघि सारेका मागहरु कुनैपनि हालत पूरा गर्न नसकिने पनि दोहोर्‍याए । संसदलाई सुचारु गरेर जानुपर्छ भन्ने ठाउँमा प्रतिपक्षहरु पुगेको उल्लेख गर्दै उनले छिट्टै संसद खुल्ने बताए ।

उनले भने, ‘अब हाउस सुचारु गरेर जानुपर्छ भन्ने ठाउँमा उहाँहरु (प्रतिपक्षीहरु) आउनुभएको छ । यो नै सकारात्मक कुरा हो । त्यही जगबाट हिजो हाउस उहाँहरुकै कारण अवरुद्ध भएको थियो । भोलि हाउस उहाँहरुकै कारण सुचारु हुने परिस्थिति विकास हुन्छ ।’

प्रतिपक्षीहरुकै कारण अवरुद्ध भएको संसद भोलि उनीहरुकै कारण सुचारु हुने परिस्थितिको विकास हुने बर्तौलाको जिकिर छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x