भाषामा समझदारी बनेपछि सदन चल्छः अध्यक्ष दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले छिटै सदन चल्नेमा आफू आशावादी रहेको बताएका छन् । आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले काँग्रेस सभापति देउवासँगको भेटघाटपछि सबैमा लचकताको महशुस गरेको उल्लेख गर्दै समस्या समाधान गर्न माओवादी मात्र लचिलो भएर नहुने टिप्पणी गरे । उनले भाषामा सहमति बनेपछि छिट्टै संसद चल्ने बताए ।
उनले भने, ‘सबै लचिलो बन्नुपर्छ । समस्या समाधान गर्नको लागि माओवादी लचिलो बनेर मात्र पुग्दैन । सरकार पनि लचिलो हुनुपर्छ । तर हिजो काँग्रेस सभापतिज्युसँग कुरा गर्दा सबैतिर लचकताको संकेत मैले देखेको छु । मलाई लाग्छ भाषामा समझदारी बनेपछि छिट्टै सदन चल्छ ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन गर्न माग गर्दै प्रतिपक्षी दलहरुले निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE