आजको मौसम, यी ठाउँमा छ पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल् कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यसैबीच मौसमविदका अनुसार सोमबार र मंगलबार अझै गर्मी बढ्ने छ । आज देशका विभिन्न भागमा वर्षाको सम्भावना नदेखिएको तर मंगलबारबाट पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यो हप्ताभरिमा मनसुन नेपालभर विस्तार हुने बताइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE