विपक्षीको अवरोधका कारण स्थगित प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आइतबारको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा अवरोध गरेपछि संसद् आज दुई बजेसम्मका लागि स्थगित भएको थियो । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भएपनि विपक्षी दलहरूले अवरोध कायमै गरेपछि बैठक स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा लगाएत उच्च स्तरीय छानविन समितिको माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् । यसअघि संसद अवरोध हटाउने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रबिच छलफल भएपनि सहमती हुन सकेको छैन ।
संसदको गतीरोध हटाउने विषयमा मध्यमार्गी बाटो खोज्न कांग्रेसले सत्ता साझेदारी दल नेकपा एमालेसँग पनि छलफल गरेको छ । यस्तै यसअघि संसदको गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल पनि बिना निष्कर्ष टुंगिएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE