बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

शक्तिशाली मन्त्रीकोे जिल्लामा बजेटको खोलो बगाइयोः उपेन्द्र यादव

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताएका छन् । संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमवार काठमाडौं भएको कार्यक्रममा उनले संघीय सरकारमा बसेकाहरुको मानशिकता नै एकारात्मक रहेको बताउँदै यसले संघीयतालाई नोक्शानी गरिरहेको बताएका हुन् । उनकाअनुसार आगामी वर्षका लागि सरकारले ल्याएको बजेट संघीयताको मर्मअनुरुप छैन ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले भने– ‘मैले बजेट हेरौं । जो पावरफुल मन्त्री छ, त्यसको जिल्लामा बजेट नै बजेट छ । अल्लि दुब्लो पातलो मन्त्री भएकोमा अल्लि कम बजेट । सांसद पनि सत्तारुढवालालाई अलि बढी, बाँकीलाई त छैन । यो न्यायोचित हो त रु प्रधानमन्त्रीको क्षेत्रमा बजेट नै बजेट । भुपु प्रमको जिल्लामा बजेट नै बजेट । तर अरु ठाउँमा बजेटको सन्तुलन छैन । यसलाई न्यायोचित भन्न मिल्दैन । यो परम्पराले बजेट बनाउन थालियो भने बजेटको लूटै हो । डकैटी नै हो ।’

उनकाअनुसार आगामी आवको बजेटमा शक्तिशाली मन्त्रीको जिल्लामा बजेटको खोलो बगाइएको छ । यसले गर्दा बजेट असन्तुलित बनेको भन्दै यस्तो लुट बन्द हुनुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x