बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपालले मानिस बाहेक अरु निर्यात गर्न सकेनः सभापति देउवा

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको बताएका छन् । काँग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने बताए । उनले नेपाल आयातमा निर्भर रहेको भन्दै आत्मनिर्भरतातर्फ अग्रसर हुनुपर्ने बताए । सभापति देउवाले उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने बताए । व्यापारी र उद्योगीहरुलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गर्दै आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

उनले नेपालको उत्पादन गुणस्तरीय हुनसके विश्व बजारमा प्रतिष्पर्धा गर्न सकिने बताए । पहाडमा वृक्षारोपण गर्न र पहाड बचाउन जरुरी रहेको बताए । नेपाललाई हराभरा बनाउन जरुरी रहेको बताए ।

सभापति देउवाले भने, ‘बोर्डरमा धेरै दुःख दिनु हुँदैन, नेपालीहरुलाई । खासगरी उपभोक्ता मान्छे बोहक केही निर्यात नै छैन यहाँबाट । त्यस्तो अवस्था छ । अरु केही निर्यात गर्नै सकेका छैनौँ । आयातमा भर पर्नुपर्ने कुरा छ ।’

सभापति देउवाले जलवायु परिवर्तनका कारणले नेपालका हिमालहरु नाङ्गो भइसकेको बताए । उनले नेपालले ४० प्रतिशत जंगल बचाउँदा केही राहत भइरहेको बताए । हिमाल बचाउन महत्वपूर्ण कदम चाल्नुपर्ने बताए । जलवायु परिवर्तनका कारण नेपाल धेरै ठूलो समस्यामा पर्ने जिकिर गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नमानेपनि अरु सबै देशले जलवायु न्युनिकरणका लागि काम गर्नुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x