संसदमा आज पनि कार्यसूचीले प्रवेश पाएन, भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । विपक्षीहरुको नाराबाजी र अवरोधका कारण बुधबारको बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरे । विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै संसदमा अवरोध गरेका हुन् ।
वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन् । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
आजको बैठकमा पनि विपक्षीले उठेर विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना पढेर सुनाए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE