बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाडौं । देशको पूर्व र मध्य क्षेत्रका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै पूर्वी नवलपरासीमा ४७ मिलिमिटर पानी परेको छ । अहिले कास्की, नवलपरासी, पर्वत, पाल्पा, तनहुँ लगायतका ठाउँमा पानी परिरहेको छ ।

गएराति झापाको बाहुनडाँगी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा ठूलो वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकोले झापा जिल्ला भई बहने निन्दा खोला, मेची नदी र स–साना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पनि पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x