३० आश्विन २०८३, शुक्रबार

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी वयवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा बिहीबार मूल्य बढेसँगै सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको २ हजार १५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।