बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बागमती टेलिभिजनमा रियालिटी शो ‘लिटिल डान्स च्याम्पियन’ आउने

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं । सञ्चालनको छोटो समयमा दर्शकमाझमा लोकप्रियता कमाइरहेको बागमती टेलिभिजन एचडीको पर्दामा अब ‘लिटिल डान्स च्याम्पियन’ नामक रियालिटी शो आउने भएको छ । आइतबार बागमती टेलिभिजन नेटवर्क प्रा.लि. र इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.बीच सम्झौता भएसँगै यो कार्यक्रम प्रसारण हुने भएको हो ।

बागमती टेलिभिजनको तर्फबाट प्रसारण प्रबन्धक तुलसी बाँस्कोटा र इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.का तर्फबाट कम्पनी अध्यक्ष नबिन खड्का तथा प्रमुख कार्यकारी अधिकृत रामपुकार महतोले सम्झौतापत्रका संयुक्र हस्ताक्षर गरेका थिए । सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बागमती टेलिभिजन एचडीका प्रसारण प्रबन्धक तुलसी बाँस्कोटाले आज कार्यक्रमको सम्झौता भएको र केही समयभित्रै वृहत् पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा विस्तृत रुपमा जानकारी दिने बताए ।

यो कार्यक्रम के हो ? निर्णायक मण्डलमा को को हुन्छन् र प्रतियोगितामा सहभागीहरुले पाउने पुरस्कार के कति हुन्छ, त्यो सबै जानकारी पत्रकार सम्मेलनमार्फत जानकारी दिने भनाइ प्रसारण प्रबन्धक तुलसी बाँस्कोटाको रहेको छ ।

त्यसैगरी इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.का अध्यक्ष नबिन खड्काले यस अघि डान्स च्याम्पियनका श्रृङ्खलाहरु सफलतापूर्वक सम्पन्न गरिएको र त्यसैको एउटा श्रृङ्खलाका रुपमा लिटिल डान्स च्याम्पियन ल्याउन लागिएको बताए । बागमती टेलिभिजनसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै अध्यक्ष खड्काले साउनको दोश्रो हप्ताबाट कार्यक्रमको सुरुवात गरिने जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x