बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले नेतृत्व विहीन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अल्मलिएको बताएका छन् । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले रास्वपा एउटा उदयमान पार्टी भएको बताउँदै रास्वपालाई आफूहरुले पनि सम्मान गरेको बताए । संसदभित्र रास्वपाको घटना भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको बताए । उनले पार्टी नेतृत्वविहीन हुँदा अन्योलमा रहेको स्पष्ट भएको संसदीय घटनाक्रमले देखाएको बताए । रास्वपा बादलभित्र उडिरहेको कागको जस्तो उद्देश्य र गन्त्वयविहीन अवस्थामा रहेको बताए ।

उनले भने, ‘रास्वपा एउटा उदयमान पार्टीको रुपमा आएको छ । हामीले उहाँहरुलाई सम्मान गरेका छौँ । युवा साथीहरु हुनुहुन्छ । पढेलेखेको हुनुहुन्छ । अस्तिको घटना र आजको पनि घटनाले संसदभित्र रास्वपा नेतृत्व विहीन अवस्थामा छ । रास्वपा नेतृत्व विहीन छ । जब पार्टी नेतृत्व विहीन हुन्छ, त्यो अन्योलमा पर्छ । रास्वपा अहिले बादलभित्र उडिरहेको काग जस्तो छ । उद्देश्य र गन्त्वयविहीन अवस्थामा उहाँहरु अवरोधमा सामेल हुनुहुन्छ ।’

सचिव भट्टराईले सांसद पद निलम्वपछि पार्टी प्रमुखको हैसियतले औपचारिक रुपमा कुनैपनि कार्यक्रममा भाग लिन नपाउने भएपनि पार्टीले दलको नेता वा पदबाट नहटाउने गरेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x