बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक बिहान साढे ८ बजे बस्ने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ । तर कांग्रेसको पूर्वनिर्धारित बैठक असार १५ गते बस्दैछ ।

यो बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, रास्वपा र राप्रपाको अवरोध, पार्टीको १५ औँ महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने बताइएको छ । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीका वरिष्ठ नेता ढुण्डिराज शास्त्रीको निधन भएको प्रति शोक प्रस्ताव पारित गर्नमात्रै बैठक बोलाइएको बताए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य तथा पूर्वमन्त्री शास्त्रीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा सोमबार निधन भएको थियो । शास्त्रीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यहीबाट शवयात्रा सुरु गर्ने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x