बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

विरोध जारी रहेसँगै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाइयो

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाइएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठेर विरोध जनाएसँगै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले कार्यसूचिबाट हटाइएको सभामुख देवराज घिमिरेले बताए । सभामुख घिमिरेले रास्वपा र राप्रपा सांसदहरुलाई बारम्बार संसदमा अवरोध नगरी आसनग्रहण गर्न आग्रह गरे । तर रास्वपा र राप्रपाले विरोध जारी राखेपछि आजको लागि प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाइएको सभामुखले जानकारी गराए ।

उनले भने, ‘माननीय सदस्यहरु संसदमा समय लिएर बोल्नुपर्छ । संसदलाई नियमवद्ध रुपमा सञ्चालन गर्नुपर्छ भनेर नियम बनाएका छौँ । आज हाम्रो विनियोजन शिर्षकमाथिको छलफल जारी रहन्छ । त्यो भन्दाअघि प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम राख्नुपर्छ । माननीय सदस्यहरुको विरोध र असहयोगका साथै यहाँको वातावरण उचित ढंगको नभएको हुँदा म आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले गर्दा कार्यसूचिबाट हटाएको व्यहोरा जानकारी गराउँछु ।’

संसदलाई नियमवद्ध रुपमा अघि बढाउनुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x