बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्रीले छलफलमा नआएर सिंगैं संसदको अपमान गर्नुभोः प्रभु साह

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राज्यका हरेक निकायमा बेथिति, अनियमितता र भ्रष्टाचार बढिरहेको टिप्पणी गरेका छन् । उनले जहाँ सरकार छ त्यहाँ भ्रष्टाचार रहेको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘भ्रष्टाचार र राज्य पर्यावाची नाम बनेको छ । प्रधानमन्त्री भन्नुहुन्छ भ्रष्टाचार गदिँनँ, गर्न पनि दिन्नँ । तर, उहाँकै मातहतमा रहेको राजश्व अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभागलगायतका विभागहरुले अवैध सम्पत्ति आर्जन गर्ने व्यक्तिहरुलाई तर्साउने, धम्काउने र असुली गर्ने काममा लागेको हामी हेर्छौं । प्रधानमन्त्रीले भन्नुहुन्छ प्रधानमन्त्री कार्यालय एक्सिलेन्स सेन्टर हो, तर मुख्यसचिवकै नेतृत्वमा सचिवहरु आफ्नो स्वार्थअनुसारको कानून बनाउनको लागि नेताहरुकोमा धाईरहेको हामी हेर्छौं । प्रधानमन्त्रीले भन्नुहुन्छ नेपाललाई समृद्ध बनाउँछु, तर नेपाल ग्रे–लिष्टमा पर्छ । नेपालको पुँजी विदेश लैजाने खेलमा लाग्नुहुन्छ । सरकार नै लागेको हामी हेर्छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन ल्याउँछु भनेर बोलेपनि अहिले कांग्रेस र एमालेको दुई दलीय संयन्त्रको अभ्यास गरिएको भन्दै आलोचना गरे । उनले प्रधानमन्त्री ओलीले आफू जनताप्रति उत्तरदायी छु भनेर भनेको भएपनि आजको संसद्मा प्रधानमन्त्रीको कार्यालयमाथि छलफल हुँदा उपस्थिति नभएको भन्दै विरोध जनाए । प्रधानमन्त्रीले संसद्लाई कुन हैसियत र महत्व दिएको भन्ने कुरा आजको बैठकमा नआएको र त्योपनि नेपालमै र काठमाडौंमा नै हुँदा नआएकोमा साहले आक्रोश पोखे ।

उनले भने,‘आज उहाँको नेतृत्वमा रहेको कार्यालयमाथि छलफल चलिरहेको छ, तर उहाँ काठमाडौंमा हुँदापनि बैठकमा आउनुभएन । उहाँले बजेटलाई कति महत्व दिनुभएको छ भन्ने कुरा यसले देखाउँछ । जनप्रतिनिधिहरुको सर्वोच्च संस्था यो संसद्लाई कसरी बुझ्नुभयो रु संसदलाई जवाफ नदिने जनउत्तरदायी रु उहाँले भन्नुहुन्छ म जनताको झोले हो, तर क्याप्चरको कुरा गर्नुहुन्छ । एकातिर भन्नुहुन्छ म लोकतन्त्रको लागि लडेको छु, तर जनादेशविपरित सरकार बनाउनुहुन्छ । एकातिर भन्नुहुन्छ म राष्ट्रवादी हुँ, तर विदेशीलाई नागरिकता दिने प्रावधान ल्याउनुहुन्छ । यो जो तमाशा भैरहेको छ, भन्ने एउटा अनि गर्ने अर्को । बोली एउटा अनि व्यवहार अर्को यो छद्यमभेषी माहोलले देशलाई कहाँ लैजान्छ भन्ने प्रश्न आउँछ ।’

उनले अहिले देशमा उद्योगहरु बन्द भैरहेको, व्यापार तथा व्यवसाय चौपट भएको पनि उल्लेख गरे । हिजो ५० हजारसम्म बिक्रि हुने पसलमा आज विक्रि वितरण घटिरहेको र सटरहरु बन्द हुन थालेको पनि साहले दृष्टान्त सुनाए । यी सबै हुनुमा कर आतंक मुख्य दोषी रहेको उनको दाबी छ । उनले भने,‘अहिले सरकारपिच्छे सरकारको करमाथि करको आतंक छ । जसको कारण उत्पादन महँगो भयो । हाम्रो अर्थतन्त्र ड्यामेज भयो । नेपालको पुँजी जगेर्णा गर्नुपर्दथ्यो । नेपालका उद्यमीहरुलाई बचाउनुपर्दथ्यो । नेपालको पुँजी पलायन गराउने बजेट ल्याएका छौं । यसो गरेपछि हाम्रो अर्थतन्त्र कहाँ पुग्छ भन्ने प्रश्न गर्न चाहन्छु । हामी ग्रे–लिष्टमा परेका छौं । अर्थमन्त्रीलाई भन्न चाहन्छु–तपाईंले टार्गेट गरेको राजश्व उठेको छैन । यही असारको पहिलो सातासम्मको रेकर्ड लिनुहुन्छ भने ७२ प्रतिशत राजश्व उठेको छ । पुँजीगत खर्च जम्मा ४२ प्रतिशत भएको छ । कुनैबेला ७.७ प्रतिशतसम्म कायम रहेको आर्थिक वृद्धिदर अहिले ४.६ प्रतिशतमा झरेको छ । तपाईंले टार्गेट गरेको ऋण अनुदान आधा पनि आएको छैन् । अनि यो अवस्थाबाट तपाईंले देशलाई कसरी आश्वस्त गर्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’ भएका योजनाहरु पूरा नहुँदै काटिएकोमा पनि साहले आक्रोश पोखे । भएका योजना काटेर नभएका नभएका योजना खडा गरेर यो सरकारले समृद्धिको आधार कसरी खडा गर्छ भनेर साहले प्रश्न सोधे ।

उनले सरकारले अहिलेको अवस्थालाई इमानदारितापूर्वक स्विकार गर्न नसकेकोमा पनि आलोचना गरे । उनले भने,‘उहाँहरु (सरकार) ले गरेको कमिटप्रति इमानदार हुनुहुन्न । उहाँहरुले अहिले जे योजना ल्याईरहनुभएको छ, त्यसले नेपालको भविष्य निर्धारण गर्न सक्दैन । त्यसअर्थमा पनि यसमा गम्भीर हुन आग्रह गर्दछु ।’

उनले सहकारी विकास मन्त्रालयको नाम र गरिमा ठूलो भएपनि काम भने केही नगरेकोमा बजेटप्रति असन्तुष्टि पोखे । उनले भने,‘जहाँसम्म सहकारी विकास मन्त्रालयको कुरा छ, भोजपुरीमा एउटा कहावत छ–नाम उँच, काम बुँच । एउटा सम्मानित व्यक्तित्व गणेशमानजीको हामी सम्मान गर्छौं । उहाँको सुपुत्र प्रकाशमानजी, जो आँफैमा एउटा व्यक्तित्व हुनुहुन्छ । गठबन्धन सरकारको प्रमुख व्यक्ति हुनुहुन्छ । यसो के न केही ल्याउनुहोला भनेको हात्ति आयो हात्ति, फुस्स भयो । अरु दल त छोडिदिनुहोस, अरु ठाउँ त छोडिदिनुहोस उहाँको आफ्नै पार्टी पनि सन्तुष्ट हुन सकेन । उहाँले आफ्नै स्वर्गीय पिताजीको सम्मान गर्नुको साटो अपमान गरिरहनुभएको छ । म भएको भए त यहाँ सदनमा आउँदा मुख छोपेर आउँथे । जुन ढंगको उहाँले काम गर्नुभयो । म पनि सहरी विकासमन्त्री भएँ । जुनबेला ३९ अर्बको बजेट थियो, र ७४ अर्बको ठेक्का गरेको थिएँ । १० अर्बको संघीय सघन सहरी पूर्वाधार थियो त्यसको ५४ अर्ब २ अर्बभन्दा नघटाईकन ठेक्का गर्न भनेका थियौं । खुद्रा योजना ५० लाखभन्दा तल एउटा पनि नलिने भनेका थियौं । तर, आज एक लाखको योजना र दुई लाखको योजना राखिराख्दा, असमान ढंगले राख्दा सहरी विकास हुन्छ यसरी रु खुद्रे योजनाले सहकारी विकास हुन्छ ?’ उनले प्रकाशमान सिंहले आफ्नो व्यक्तित्वअनुसार सहरी विकासको मोडेल देखाउनेगरि काम गर्नुपर्नेमा आज गरेको कामले जनता निराश रहेको आरोप लगाए । उनले भने,‘तपाईंजस्तो व्यक्तित्वको बारेमा केही बोलौं भन्ने मनमा थिएन, तर विवश छु । तर, नबोली हुँदैन भन्ने लागेर बोल्ने कोशिस गरें ।’

उनले युवाहरुजति सबै विदेश पठाएर युवा मन्त्रालय चलाउनुभन्दा मन्त्रालयको नाम नै परिवर्तन गरी बुढाबुढीहरुको मन्त्रालय राख्न सुझाव दिए । उनले भने,‘यहाँका राष्ट्रिय खेलाडीहरु त यहाँ भविष्य नदेखेर विदेश पलायन भएका छन् । खेलकुद प्रतियोगिता नै हुँदैन अनि यो मन्त्रालयको नाम खेलकुद मन्त्रालय राखेर हुन्छ तरु क्रिकेटमा अलिकति प्रगति गरिरहेको छ, तर देशमा एउटापनि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम छैन । भएको पनि एउटै प्रदेशमा बजेट खन्याउनुहुन्छ । मधेश प्रदेशले क्रिकेटमा प्रगति गरिरहेको छ, तर मधेशमा क्रिकेट स्टेडियम नै छैन । मधेशकै मन्त्री खेलकुद मन्त्री भएर पनि केही गर्न सक्नुभएन ।’

उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि केही काम गर्न नसकेको भन्दै खारेजीको माग गरे । उनले संविधानले नै ३३ प्रतिशत महिला अधिकारको सुनिश्चित्ता गरेको भएपनि दुई तिहाईको सरकारमा जम्मा दुई जना मन्त्री (एक मन्त्री र एक राज्यमन्त्री) बनाएको भन्दै आलोचना गरे । दुई तिहाईको बलियो सरकारले आफनै मूल्यांकनमा फेल हुन्छ । काम गर्न नसकेको र जे काम गरेको हो त्योमात्रै बोल्न पनि उनले सरकारलाई सुझाव दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x