बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रास्वपा र रविमाथि अन्याय नहोस् भनेर अन्तिमसम्म लागेँ, अझै लाग्छुः अध्यक्ष दाहाल

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताएका छन् । सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरुले सहमति जनाउनुभएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताए । अझ पनि त्यही प्रयासमा आफू रहेको बताए । रास्वपाका नेताहरुले यो कुरा पछि बुझ्ने उनको भनाइ छ ।

अध्यक्ष दाहालले भने, ‘सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ । समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल हो । गम्भीर विषयमा होइन । अहिले पनि रास्वपालाई धरै भन्न चाहन्न । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो । अझै गर्दैछु । रास्वपाका साथीहरुले पछि बुझ्नुहुन्छ ।’

अध्यक्ष दाहालले बैठकमा सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको पनि बताए । समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल भएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x