गैरकानूनी रूपमा विदेशमा रहेका नेपालीहरूलाई परराष्ट्रमन्त्रीको आग्रह–अब कानूनी प्रक्रिया अपनाउनू

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरकानूनी रूपमा विदेशमा बसोवास गरिरहेका नेपालीलाई अब कानूनी प्रक्रिया अपनाउन आग्रह गरेकी छिन् ।बिहीवार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री देउवाले २०२४ को सेप्टेम्बरपछि गैर कानूनी रूपमा विदेश जानेहरूलाई वैधानिकता दिन नसकिने स्पष्ट पारिन् । उनले विदेश जानेहरूलाई कानुनी रूपमै जानको लागि आग्रह समेत गरिन् । उनले श्रम सञ्चार एपमा सरकारी टु सरकारी सम्झौता गरेर पठाएका कामहरूलाई राख्ने भन्ने कुरा उठेको बताइन् । महिला श्रमिकको सुरक्षालाई ध्यानमा राख्दै सरकारले वर्तमान पहल शुरु गरेको बताउँदै उनले सरकारी तहबाट पठाइने कामदारहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन् ।
उनले भनिन्, “ एउटा कुरा त हामीले इल्लिगल भएर बसेकाहरूलाई लिगलाइज गर्नु जरुरी छ । यसको पनि कट अफ डेट छ । यसले इल्लिगल जानेहरूलाई इनकरेज गरेको हो कि भन्ने बुझ्नुभएन । यसको हामीले कट अफ डेट यहीँ कारणले राखेका छौँ सेप्टेम्बर २०२४ पछि जानेहरूलाई हामी लिगलाइज गर्न सक्दैनौँ । यो बारम्बार खोल्न पनि खोलिँदैन । अब गइदिनेहरू प्लिज लिगल रूपमा गइदिनुस् । पुरुषहरू पनि लिगली राम्रो काम गरिरहनुभएको छ भने ठिकै छ तर, सकेसम्म उहाँहरू पनि जुन हामीले गर्भमेन्ट टु गर्भमेन्ट सम्झौता गरेर पठाएको कामदारहरूलाई एन्टटेन्ट गर्ने हो कि भन्ने कुराहरू पनि छ । तर, हामीले मेन चाहिँ महिलाहरूलाई प्रोटेक्सन गर्नको लागि यो काम अहिले गरेका छौँ ।”
उनले कुन देशमा कति नेपाली छन् भन्ने थाहा पाउन र सम्पर्क बिन्दु बनाउनको लागि आफूहरूले प्रयास गरिरहेको बताइन् । उनले आफूहरूको परीक्षण राम्रो भए विदेशमा रहेको नेपालीहरूकोबारे सम्बन्धित देशका दुतावासहरूलाई जानकारी गराउने जिकिर गरिन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE