बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाल प्रहरी सम्बन्धी कानून यसै अधिवेशनमा प्रश्तुत गर्नुपर्छः गृहमन्त्री लेखक

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक छिटो टुंग्याउने गरी समितिले काम गर्नुपर्नेमा जोड दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आईतवारको समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गराउने सदस्यहरुसँग छलफल भएको थियो । जसमा यो देशको सबैभन्दा पुरानो मध्येको कानून भएको बताए । चाँडो भन्दा चाँडो यसै अधिवेशनमा प्रश्तुत गर्नेगरी विधेयक अघि बढाउन आग्रह गरे ।

गृहमन्त्री लेखकले भने, ‘यो देशको सबैभन्दा पुरानो मध्येको कानून हो । अहिलेसम्म यसलाई समय सापेक्ष संशोधन, परिमार्जन गरेर आसक्नुपर्दथ्यो । आउन पाएको थिएन । चाँडो भन्दा चाँडो यसै अधिवेशनमा प्रश्तुत गर्नेगरी हिजो जसरी नागरिकता विधेयकलाई उच्च प्राथमिकता दिएर प्रतिनिधि सभाबाट पारित नै गर्ने अवस्था यो समितिबाट भयो । यो कानूनलाई पनि त्यति नै प्राथमिकताका साथ अघि बढाइदिनुहुनेछ भन्ने आग्रह गर्दछु ।’

गृहमन्त्री लेखकले प्रहरीका जवानहरुलाई तल्लो स्तरका नभनिकन आधारभुत तहका भन्नुपर्ने प्रश्ताव विधेयकमा गरिएको बताए । सरकार कानून राम्रो बनाएर निष्कर्षमा पु¥याउन तत्पर रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x