संघीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ । आईतवारको प्रतिनिधि सभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गरेका थिए । जसमाथि छलफल भइ मन्त्री गुप्ताले छलफलमा उठेका प्रश्नको जवाफ दिए ।
मन्त्रीले जवाफ दिइसकेपछि सदनमा संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गरे । प्रश्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरुले सहमति जनाएसँगै विधेयक पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE