बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

समितिले पठाएको प्रतिवेदन नै संसदले पास गरेको हो– सभामुख घिमिरे

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन तयार गर्दा त्रुटी भएको हुनसक्ने आफ्नो अनुमान रहेको बताएका हुन् ।

मंगलवार न्युज एजेन्सी नेपालसँग कुरागर्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन बनाउन सबै सांसदहरुको ध्यान नपुगेको आफ्नो बुझाइ रहेको बताए । समितिले पठाएको प्रतिवेदन नै बैठकले पास गरेको हुँदा व्यक्ति विशेषलाई लक्षित गरेर आरोप लगाउनु राम्रो नहुने प्रतिक्रिया दिए । संघिय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड राखेर विधेयक अगाडी बढाउने सहमति भएपनि प्रतिनिधि सभामा प्रतिवेदनसहित पास भएर राष्ट्रिय सभामा गएको विधेयकमा कुलिङ अफ पिरियड नै हटाइएको पाएपछि समितिका सभापति र महासचिव पदमप्रसाद पाण्डेमाथि शंका गर्न थालिएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख घिमिरेले समितिको बैठकमा कस्ता बहस छलफल भए के निष्कर्ष वा सहमति जुटेको थियो त्यसलाई कसरी अभिलेखीकरण गरियो भन्नेबारे आफूले हेर्ने बताए । विषयलाई गम्भीरताकासाथ प्रक्रियागत रूपमा के कसरी काम भएको थियो भनेर हेर्नका सचिवालयलाई निर्देशन दिएको पनि बताए । विधेयक राष्ट्रिय सभामा पुगेको र सभाले यो विधेयकलाई सच्याउने अपेक्षा रहेको बताए ।

बहसमा सभामुखले सच्याउन सक्ने भन्ने कोणबाट कुराहरु आएपनि अनुसांगिक मिलाउने बाहेक विधेयक भित्र चलाउने अधिकार आफूलाई नभएको स्पष्ट पारे । राष्ट्रिय सभाले विधेयकमा आवश्यक संशोधनपछि पुनः प्रतिनिधि सभामा सभामा फर्के पछि थप मिलाउने कुरा प्रतिनिधि सभाको बैठकले गर्ने विश्वाश व्यक्त गरे । संसदमा दर्ता भएर संसदको बैठकले समितिमा छलफलको लागि पठाउने सबै विधेयकको छलफल, निष्कर्ष र जवाफदेहिता समिति र समिति सदस्यको हुने भएकोले त्यसको स्तरीयतामा पनि प्रश्न उठेको बताए ।

समितिमा कस्ता छलफल हुन्छन् र त्यसको स्तर कस्तो छ भनेर हेर्न यो कुलिंग अफ पिरियड सम्बन्धिको सांसदको प्रतिक्रियाले देखाएको बताए । प्रतिनिधि सभाको बैठकमा असार १ गते कार्यसूचीमा रहेको विधेयक धेरै पछि पास भएर राष्ट्रिय सभामा पुगे पछि मात्र सांसदहरुले थाहा पाउने कुराले हाम्रो छलफल र सांसदको प्राथमिकता कस्तो रहेको छ भन्ने स्पस्ट भएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x