कुलिङ पिरियडमा भएको तोडमोडबारे छानविन गरी दोषीलाई कारबाही हुनुपर्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडमा भएको तोडमोडबारे छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सर्वसम्मतिले लामो छलफल र बहसपछि निर्णय गरेको विषय तोडमोड गरिनु गम्भीर भएको बताए । समितिबाट एउटा कुरा पारित हुने र संसदमा पुग्दा अर्को हुने कुरा संसदीय इतिहासमै पहिलो पटक भएको बताए । यो विषय अक्षम्य रहेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने माग गरे ।
महामन्त्री शर्माले भने, ‘हामीले सर्वसम्मतिले लामो छलफल र बहसपछि निर्णय गरेको विषय हो । कुलिङ पिरियड दुई वर्षको राख्ने विषय । कुलिङ पिरियड राख्ने भनेर सर्वसम्मतिले पारित गरिसकेको विषय राज्य व्यवस्था तथा सुशासन समितिको डकुमेण्टले त्यही बोल्छ । तर प्रतिनिधि सभामा पुगेर पास गर्दा बीचमा तोडमोड भएको सबैभन्दा हट डिभेड भएको विषयलाई नै उल्ट्याइएको फरक ढंगले प्रश्तुत गरिएको विषय अत्यन्त गम्भीर छ । नेपालको संसदीय अभ्यासमा हेर्दा २०४६ पछि हेर्दा समितिबाट एउटा कुरा पारित हुने र संसदमा पुग्दा अर्को हुने पहिलो पटक हो । यो गम्भीर छ । यो अक्षम्य गल्तीको छानविन गरेर दोषीलाई कारबाही नै गर्नुपर्छ । प्रतिनिधि सभाको सभामुखज्युले यसबारेमा गम्भीरतापूर्वक छानविन गराएर जो दोषी हुनुहुन्छ, कारबाही गर्नुपर्छ । राष्ट्रिय सभाले सच्याउनुपर्छ, सच्याउनसक्छ ।’
महामन्त्री शर्माले कुलिङ पिरियड राष्ट्रिय सभाले सच्याउनुपर्ने बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE