नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरु बढेः दीपकराज जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरु बढ्दै गएको बताएका छन् । बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम धेरै बढिरहेकाले सरकारले पनि सोहीअनुसार योजना अघि बढाइरहेको उल्लेख गरे । उनले सोलो ट्राभल डेस्टिनेशन पनि अत्याधिक बढिरहेकाले यो ट्रेनलाई समातेर बोर्डले आफ्ना कामहरु गरिरहेको उल्लेख गरे ।
पर्यटनसँगै प्रविधिको विस्तार गर्न पनि जरुरी रहेको बताए । उनले भने, ‘अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम एकदमै बढेको छ । सोलो ट्राभल डेस्टिनेशन बढेको छ । यस्तो खालको ट्रेन छ । त्यसलाई हामीले क्याचअप गर्नुपर्छ । टेक्नोलोजीको एडप्ट बढाउनुपर्नेछ । केही होटलहरु आए पनि क्वालिटी बढाउनुपर्नेछ ।’ उनले हिमाल, धार्मिक क्षेत्रहरुमा पर्यटन प्रवद्र्धनमा जोड दिनेगरी योजनाहरु अघि बढाइरहेको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE