बीपी राजमार्गमा थप एक महिना रातिको समयमा सवारी सञ्चालनमा रोक
काठमाडौं । बीपी राजमार्गमा भोलिदेखि थप एक महिना रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि गाडी चलाउन रोक लगाउने निर्णय भएको हो ।
रातमा साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । मनसुन सक्रिय भएको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न पछिल्लो निर्णय गरिएको हो ।
यसअघि गएको असार ६ गते काभ्रे, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बीपी राजमार्गमा असार ७ गतेदेखि रातमा झण्डै १० घण्टा १५ दिनका लागि रोक लगाएको थियो । भोलिदेखि काठमाण्डौबाट छुटेका गाडी काभ्रेभञ्ज्याङ र काठमाण्डौतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ । गएको वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्ग क्षति ग्रस्त भएको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE