बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पशुपति समशेर जबरा नेपालको राजनीति जान्न चाहनेका लागि खुला विश्वविद्यालयः अध्यक्ष लिङदेन

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पशुपति समशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको बताएका छन् । शुक्रवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आज आफूहरुका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो गौरव नेपाली राजनीतिक क्षेत्रमा लागेका सबैको लागि भएको बताए । उनले जबराले ६ दशकसम्म निरन्तर अविचलित रुपमा सार्वजनिक पदमा रुपमा सक्रिय भएर काम गरेएको उल्लेख गरे । जबराले पञ्चायत, बहुदलीय र अहिलेको गणतन्त्रमा समेत मुलुकको राजनीतिमा अग्रणी भुमिका निर्वाह गरिरहेको बताए ।

अध्यक्ष लिङदेनले भने, ‘आज हाम्रा लागि खुशी र गौरवको दिन हो । यो केबल राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि मात्रै होइन । पशुपति समशेर राणा नेपालको राजनीतिमा एउटा यस्तो प्रेरणा श्रोत जसले आफ्नो जीवनको ६ दशक निरन्तर रुपमा सक्रियतापूर्वक अविश्रामपूर्वक आफूलाई क्रियाशिल राख्नुभयो । क्रियाशिल, निरन्तरताको पर्याय हो उहाँ । उहाँबाट धेरै कुरा सिक्नुपर्नेछ । ६० वर्षसम्म अविचलित, निरन्तर रुपमा सार्वजनिक रुपमा सक्रिय रहनु चानचुने कुरा होइन । उहाँ थोरै मान्छेमध्येको एक हो । जसले पञ्चायत, बहुदलीय र अहिलेको गणतन्त्रमा समेत मुलुकको राजनीतिमा अग्रणी भुमिका निर्वाह गर्नुभएको छ । उहाँ वास्तवमा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय हो । उहाँबाट हामीले पढ्न र सिक्नपर्ने धेरै कुरा छ ।’

अध्यक्ष लिङदेनले जबरालाई आगामी जीवन अझै सहज र सक्रियतापूर्वक अघि बढाउन शुभकामना दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x