बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बैतडी जीप दुर्घटनामा मृत्यु हुने र घाइतेहरु को–को हुन् ?

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं । बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । धनगढीबाट दार्चुलाको गन्नाका लागि छुटेको सूपप्र ०४ ००१ज १३७२ नम्बरको जीप आज बिहान साढे पाँच बजे दुर्घटनामा परेको हो ।

दुर्घटना परी ज्यान गुमाउनेमा डिलासैनी गाउँपालिका–१ का चालक २४ वर्षीय सन्तोषबहादुर राना र त्यही ठाउँका ३२ वर्षीय किरण बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

त्यस्तै दुर्घटनमा परी अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उहाँकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षीय हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x