बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

काँग्रेस महाधिवेशनको प्रक्रियामा अघि बढ्न सकेनः गुरु घिमिरे

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

काठमाडौं । नेपाली काँग्रेस नेता गुरु घिमिरेले नेपाली काँग्रेस महाधिवेशनको प्रक्रियामा अघि बढ्न नसकेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले यो वर्ष महाधिवेशनको वर्ष भएको उल्लेख गर्दै देश सामान्य रुपबाट अघि बढिरहेको अवस्थामा सम्पूर्ण ध्यान महाधिवेशनमा लगाउनुपर्नेमा त्यसो हुन नसकेको बताए । समयमै महाधिवेशन गरेर ०८४ को आम निर्वाचनतिर ध्यान केन्द्रित गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाए । ०८४ को निर्वाचन नेपाली काँग्रेसका लागि संकटपूर्ण हुनेवाला रहेको बताए ।

उनले भने, ‘महाधिवेशनको प्रक्रिया अघि बढ्न सकिरहेको छैन । महाधिवेशनको वर्ष हो यो । देश सामान्य रुपबाट अघि बढेको अवस्थामा हामीले सम्पूर्ण ध्यान महाधिवेशनमा लगाउनुपर्नेमा हामीले लगाइरहेका छैनौँ । हाम्रो ध्यान कता छ थाहा छैन । समयमै महाधिवेशन गरेर ०८४ को आम निर्वाचनतिर ध्यान केन्द्रित गर्नुपर्नेमा त्यो भइरहेको छैन । ०८४ को निर्वाचन हाम्रा लागि इतिहासकै संकटपूर्ण हुनेवाला छ । नेपालका कम्युनिष्टहरु एउटा वृहत दायरामा समेटिने र सिंगो कम्युनिष्ट पार्टी बनाएर नेपाली काँग्रेसमाथि खनिने तयारीमा छन् । परम्परागत शक्तिहरु सक्रिय भएका छन् ।’

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले आफूहरु काँग्रेस बन्दा काँग्रेस पार्टीको अधिवेशनमा समेत सयौँको संख्यामा प्रहरी प्रयोग गरेर सभापति बन्छन् भन्ने सोचेर नबनेको बताए । उनले काँग्रेस पछिल्लो समय पार्टीको सिद्धान्तबाट विचलित हुँदै गएको बताए ।

उनले भने, ‘काँग्रेस बनिरहँदा हामीले के सोचेको होइन भने काँग्रेस पार्टीको अधिवेशनमा समेत सयौँको संख्यामा प्रहरी प्रयोग गरेर हाम्रा पार्टी सभापतिहरु पार्टी सभापति बन्लान्, भन्ने अपेक्षाले काँग्रेस बनेका होइनौँ । त्यसको ज्वलन्त घटना हामीले देख्यौँ ।’

काँग्रेस नेता राधेश्याम पाठकले आफूहरुमाथि गरिएको कारबाही विधान विपरित रहेको बताए । उनले आफूहरु हामी विपीको लोकतन्त्र, समाजवाद र राष्ट्रियतामा हिँड्ने भएकाले कारबाहीको प्रवाह नगर्ने बताए ।

उनले भने, ‘जुन कारबाही भएको छ । त्यो विधान विपरित छ । हामी विपीको लोकतन्त्र, समाजवाद र राष्ट्रियतामा हिँड्ने मान्छे हो । हामी कुनै गद्दारी, कुनै दलाल, भ्रष्टाचारी गर्ने नेताको कार्यकर्ता होइन ।’

काँग्रेसको अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै केही नेता, कार्यकताहरुलाई कारबाहीको सिफारिस गरेको छ । कारबाहीप्रति केही नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x